|

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पनि घटाएको छ। विभागले आज आइतबारदेखि नै लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशतले घटाएको हो।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६ दशमलव ७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७ दशमलव ६८ प्रतिशत भाडा घटेको छ।


नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर २० र २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल १७९ रुपैयाँ लिटर र डिजेल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

कहाँको कति भाडा ? सूचीसहित

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.