|

काठमाडौं : नेपालमा लागुपदार्थ र दुर्व्यसनीले प्रमुख चुनौतीका रूपमा देखा पर्दै गएको छ। गृह मन्त्रालयका अनुसार यसको प्रभाव सबैभन्दा बढी युवा पुस्तामा परेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले लागुपदार्थसँग सम्बन्धित अपराध झण्डै ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए। आज काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लागुपदार्थको अपराधमा दोषी भएका ६ हजार भन्दाबढी कैदीबन्दीहरु कारागारमा रहेको बताए।

गृहमन्त्री खाँणले लागुपदार्थको दुर्व्यसनमा लागि रहेका र दुर्व्यसन छोड्न नसकेकाहरूलाई आजैदेखि  यसबाट मुक्त हुनसमेत अपिल गरे। उनले लागुऔषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील रहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.