|

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या आठ पुगेको छ।

तीमध्ये ४ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल(टेकु अस्पताल)मा उपचार भइरहेको छ भने अन्य दुईजनाको निजी अस्पतालमा उपचार भइरहेको छ।

टेकु अस्पतालमा सूचना अधिकारी नवराज गौतमका अनुसार हाल अस्पतालमा ४ जना हैजा संक्रमितको जनरल बेडमा राखेर उपचार भइरहेको बताए। ‘हैजा संक्रमित भएर आइसियूमा उपचार गराइरहनु भएका बागबजारका दुई दिदिबहिनी डिस्चार्ज भएर गइसक्नु भएको छ। हाल अस्पतालमा ४ जना संक्रमितको मात्रै उपचार भइरहेको छ’‚ उनले भने।

चारजना संक्रमितमध्ये एकजनामा र्‍यापिड टेस्टमा हैजा पोजेटिभ देखिएको र अन्यमा भने कल्चरल रिपोटमा समेत पोजेटिभ देखिएको उनले बताए। चारजना संक्रमित काठमाडौंमा विभिन्न ठाउँका रहेको समेत उनले बताए।

यस्तै हाल पनि दैनिक झाडापखालाका बिरामी अस्पतालमा दैनिक ८/९ जना उपचारका लागि आउने गरेको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.