भारतसँग जिटुजी प्रक्रियामार्फत मल खरिद प्रक्रिया अघि बढाइसकेका छौँ : मन्त्री यादव

|

काठमाडौं : कृषिमन्त्री महेन्द्र राय यादवले रासायनिक मल ल्याउने प्रयास भइरहेको बताएका छन्। 

खेतीको समयमा मल अभाव भइरहेको भन्दै चर्काे आवाज उठेपछि राष्ट्रियसभा बैठकमा उठेको प्रश्नमाथि जवाफ दिँदै मल आयातको प्रयास भइरहेको बताएका हुन्।

उनले भने, ‘रासायनिक मलको लागि १५ अर्ब विनियोजन भएको छ। थप आयातका लागि १२ अर्ब ७१ करोड प्राप्त भएको छ। कृषि मन्त्रालयले मल ल्याउने प्रयास गरिरहेको छ। विश्व बजारमा नै मलको अभाव भएकाले मल आपूर्तिमा समस्या भएको छ।’

मल ल्याउन जिम्मा लिएको कृषि सामाग्री लिमिटेडले १ लाख ५५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले १ लाख १७ हजार मेट्रिक टन गरेर २ लाख २२ हजार मल सम्झौताअनुसार उपलब्ध नगराएको कारणले समस्या भएको बताए। 

सम्झौताअनुसार मल नल्याउनेलाई कारबाही प्रक्रिया अघि बढाइसकेका समेत बताए। चालू आवमा १ लाख ५३ हजार मेट्रिक टन आयात भएको र मौज्दात ४४ मेट्रिक टन गरी १ लाख ९७ हजार टन मल वितरण भइसकेको दाबी गरे। 

खेतिको समयमा मल आयात सहज बनाउन सरकारले भारतसँग जिटुजी प्रक्रियाबाट ५ वर्षमा ५ लाख ६५ हजार युरिया र ३ लाख ७० हजार डिएपी मल खरिद गर्ने सम्झौता गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.