|

काठमाडौं : सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायमाझीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। रायमाझीलाई गत जेठ १७ गते जग्गाका हाल साविक गर्न सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध ३० हजार रूपैयाँ बिगो कायम गरी सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.