|

हेटौंडा : एमालेबाट निर्वाचित बहुमत सदस्यले बहिष्कार गरेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन गर्ने सहमति भएको छ।

आइतबार भएको छलफलमा उपमहानगरको ११ औं नगरसभा तथा अधिवेशन सञ्चालन गर्ने सहमति भएको हो। बैठक कार्यविधि संशोधनको माग गर्दै एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा मेयर मिना लामाले शुक्रबारको नगरसभा स्थगित गर्दै आज दिउँसो १ बजेको लागि तय गरेकी थिइन्।

एमालेसँगको छलफलमा कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा भएको प्रतिबद्धतापश्चात् नेकपा एमाले सम्बद्ध ५४ जना बहुमत सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने, विषयगत समितिहरू सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामूहिक छलफलबाट टुङ्गो लगाउने सहमति भएपछि आज ३ बजे नगरसभा सञ्चालन हुने भएको हो। नगरसभामा बजेट पनि ल्याइने भने पनि नीति तथा कार्यक्रम मात्रै प्रस्तुत हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.