|

काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। योसँगै १२ जनामा हैजाको पुष्टि भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थाहाखबरलाई बताए।

पछि थपिएका २ जनाको पाटन अस्पताल र १ जनाको स्टार अस्पतालमा उपचार भइरहेको जानकारी दासले दिए। पछिल्लो समय नैकापका बिरामीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट पनि पोजेटिभ देखिएको छ। निर्देशक डा. दासका अनुसार  काठमाडौं उपत्यकाका बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकापमा हैजाको संक्रमण भेटिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.