|

काठमाडाैं : सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले आज न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो।

यस अघि बस्नेतलाई सरकारले प्रेस काउन्सिलकाे अध्यक्षबाट हटाउने निर्णय गरेकाे थियाे। साे निर्णयपश्चात बस्नेत पुनर्बहालीका लागि सर्वाेच्च पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.