|

काठमाडौं : गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका गोठाटार बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ स्याउले घर भएका सूर्य भन्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर तथा बाँके कोहलपुर खजुरा गाउँपालिका-६ सिमलघारी माइतीघर भएकी ३३ वर्षीया दिलमाया आफ्नै डेरामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको अनुसन्धानको क्रममा दिलमायासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिन आएका खिलबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.