|

काठमाडौं : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक जना पक्राउ परेका छन्। कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेललाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। हाल फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीको खडक नगरपालिका–७ बस्ने ३० वर्षीय देवकुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ती किशोरीलाई गत शनिबार दिउँसो सोही नगरपालिका–१० बेलहास्थित आँपको बगैँचामा जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो। लगत्तै इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.