|

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले ग्लोबल फण्डको कार्यक्रम अबदेखि  सरकारले नै सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाउने फाइलमा हस्ताक्षर गरेका छन्।

सोमबार मन्त्रालयको पदभार ग्रहण गरेर उनले सन् २०२४ देखि ग्लोबल फण्डको कार्यक्रम सरकारले नै सञ्चालन गर्न मन्त्रिपरिषद्‍मा पठाउने फाइलमा हस्ताक्षर गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सचिवालय बनाएर सञ्चालन गर्ने प्रस्ताव उक्त फाइलमा गरिएको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले बताइन्।

सुरुमा स्वास्थ्य मन्त्रालयले नै सञ्चालन गर्दै आएको उक्त फण्डकाे कार्यक्रम हाल सेभ द चिल्ड्रेनले सञ्चालन गर्दै आइरहेको छ।​ ग्लोबल फण्डले मुख्यगरी एचआइभी, क्षयरोग, औलोका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।

यस्तै आफ्नो कार्यकालमा स्वास्थ्य सेवाको पहुँच नपुगेको दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर लैजाने समेत मन्त्री खापुङले बताएका छन्। यस्तै नसर्ने क्यान्सर, मुटु जस्ता रोगहरुको उपचारमा बिशेष प्राथामिकता दिएर आफूले काम गर्ने उनले बताए।

‘मेरो कार्यकालमा ठूला रोगहरुका बिरामीको उपचारमा प्राथमिकता दिने छु, यस्तै दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर लैजाने पनि मेरो प्राथमिकता हुने छ’, मन्त्री खापुङले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.