|

काठमाडौं : नर्भिक अस्पतालका चिकित्सकले १७ बर्षीय बालिकाको आमाशयमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालेका छन्।

नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।

काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना कुनै चोट निकालिएको नर्भिक अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ। चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो।

यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था हुनसक्ने अस्पतालले जनाएकाे छ।

डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको बताएका छन्। डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निलेका सिक्का, पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डीसमेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ।

‘साइक्ट्रेकी इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको डा. कुँवरले बताए। वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ’, डा. कुँवरले भने, 'आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौँ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा निकालिएको थियो। आइतवार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.