|

धनगढी : कैलालीको बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटिएको छ। जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको प्रदेश ३-०१–२३–च ६०२१ नम्बरको कार प्रहरीले भेटाएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले गोदावरी नगरपालिका- १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए। कञ्चनपुरको दैजी घर भएका भण्डारी आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन्।

उनले आफू भारतीय नागरिकबाट लुटिएको बताएका थिए। 

भण्डारी बुढीतोलामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक  जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए।

तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.