|

काठमाडाैं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनता बलियो हुने र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही राजनैतिक दलका सीमित नेताले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम गरेकाे बताएका छन्।

थापाले आमूल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हाँसिल गर्ने उद्देश्य लिएर सुरु भएको यात्रा १६ बर्ष पछाडि ठीक विपरीत गन्तव्यमा पुगेको बताए।

आज काठमाण्डौंमा आयोजित प्रदेश स्तरीय स्वयंसेवक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता अत्यन्त कमजोर हुँदै गइरहेको, विदेशीहरुको चलखेल र प्रभाव तीव्र रुपले बढेको भन्दै देश बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा भएको बताएका हुन्।

कार्यक्रममा अध्यक्ष थापाले आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउन आवश्यक मेहनत, संवाद गर्न र हीन भावनाबाट मुक्त भई अगाडि बढ्न बागमती प्रदेशका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.