|
फाइल फोटो

मुग्लिन : भरतपुरको खहरेखोलामा लेदो झरेर राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो ।

सडकमा पुन: ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.