|

हेटौंडा : बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ।

आज मंगलबार बिहान ११ बजे प्रदेशसभाको बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ। 

आइतबार बसेको बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको बजेटमाथि प्रदेशसभा सदस्यहरुले छलफल गरेका थिए। 

बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए। 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, प्रदेशका सबै जिल्लालाई सम्मानजनक ढंगले बजेट वितरण नगरेको, चुनाव केन्द्रित बजेट ल्याएको,एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको र विगतको सरकारले ल्याएका बृहत प्रकारका योजनाहरु कटौती गरेको प्रतिपक्षी दल एमालेको आरोप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.