|

काठमाडौं : नेपाल प्रहरीको  तालिम प्रतिष्ठान काभ्रेको पनौतीमा बन्ने भएको छ। भारतीय अनुदान सहयोगमा प्रतिष्ठान निर्माणका लागि सोमबार निर्माण कम्पनीसँग सम्झौता भएको छ। 

१० अर्ब एक करोड रुपैयाँको लागतमा अहलुवालिया कन्ट्याक्स–रोशन कन्ट्रक्सन जेभीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्दराज आचार्य र अहलुवालिया कन्ट्याक्सका सिइओ अरुण शाहीले हस्ताक्षर गरेका छन्। 

०५२ मा तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहरा भारत भ्रमणमा जाँदा पहिलोपटक यससम्बन्धी छलफल भएको थियो। त्यही वर्ष प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा यसबारे सहमति भएको थियो।  २७ वर्षपछि देउवा प्रधानमन्त्री भएकै वेला प्रतिष्ठान निर्माणका लागि सम्झौता भएको छ। 

प्रतिष्ठान निर्माणका लागि पनौतीमा आठ सय २२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। पनौतीमा प्रतिष्ठान निर्माण भइसकेपछि आधारभूत र आवासीय तालिमहरू पनौतीमा र अन्य एड्भान्स तालिम हाल प्रतिष्ठान रहेको महाराजगन्जमै गर्ने प्रहरीको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.