|

काठमाडौं : मौसमको प्रतिकुलताका कारण देशका विभिन्न स्थानमा हवाइ सेवा प्रभावित भएको छ। रातिदेखि वर्षा भइरहँदा हवाइ उडान र अवतरणमा समस्या भएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुुसार पोखरा, भैरहवा, सुर्खेत, भद्रपुर, तुम्लिङटार विमानस्थलमा उडान अवतरण हुन सकिरहेको छैन। विराटनगर र धनगढी विमानस्थल केहीबेरअघि देखि सञ्चालनमा आएका छन्। 

अरु विमानस्थलमा उडान भइरहेको छ । काठमाडौंमा उडान र अवतरणको समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ। 

जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुन सक्रिय भएको र तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अपिल गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.