कैलाली : लम्कीचुहा नगरपालिका–८ मलभगामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
डुबेर बेहोश भएका मलभंगागाउँका लालबहादुर बिष्टकी छोरी सात वर्षीया श्रिया र भीमबहादुर कुवँरकी छोरी छ वर्षीया भावनाको उपचारका क्रममा गएराति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार उनीहरू दुवै गाउँमा रहेको इँटाभट्टामा पोखरीमा सोमबार बेलुका बालिका डुबेका थिए। उनीहरूलाई स्थानीयवासीले तत्काल उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पुर्याएका थिए।
क्लिनिकमा उपचारका क्रममा राति उनीहरूको मृत्यु भएको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।