|

काठमाडौं : अमेरिकाको टेक्सास राज्यको बाहिरी इलाकामा लरी भनिने एउटा ठूलो ट्रकमा कम्तीमा ४६ आप्रवासीको शव भेटिएको छ। 

टेक्सासको सान एन्टोनियो नजिक आप्रवासीहरु बोकेको ट्रकमा ठूलो संख्यामा शव भेटिएको बीबीसीले जननाएको छ। ट्रकमा गम्भीर बिरामी अवस्थामा भेटिएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। 

मेक्सिकोको सीमासँग जोडिएको क्षेत्रमा १८ पांग्रे ट्रकमा ठूलो संख्यामा आप्रवासीहरुले यात्रा गरिरहेको र जसमा कयौँको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन्।

 मृत्यु हुने आप्रवासीहरुको परिचय खुलेको छैन । प्रहरीले ट्रक चालक फरार रहेको जनाएको छ। टेक्सासका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनको घातक खुला सीमा नीतिका कारण यस्तो घटना भएको आरोप लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.