|

काठमाडौं :  नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीले  महाराजगन्जस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)को कार्यालय अगाडि धर्ना कार्यक्रम सुरु गरेका छन्।

उनीहरूले आज आफ्ना मागसहित धर्ना कार्यक्रम सुरु गरेका हुन्। विगत लामो समयदेखि उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो दैनिकी चलाउन गाह्रो भएको भन्दै गाँस बास कपासको आवश्यकता पुरा गरिदिन भर्ना बसेको बताएका छन्।

हाल नेपालमा विभिन्न देशका शरणार्थीहरू उपत्यकामा बसिरहेका छन्।  उनीहरूलाई गाँस बास र कपास, शिक्षा, स्वास्थ्य रोजगारमा विषयमा ज्यादै समस्या पर्दै आएकोले युएनएचसीआरले यस विषयमा गम्भिर हुन अनुरोध पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.