|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको एक प्रमुख विशेषज्ञ ( १२ औँ) तहका लागि दुईजनाको नाम सिफारिस गरेको छ।

मन्त्रालयको आज बसेको  बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाका लागि एक नम्बरमा डा. टंकप्रसाद बराकोटी र दुई नम्बरमा डा. संगीता मिश्रालाई सिफारिस गरेको हो।

एक नम्बरमा सिफारिस भएका डा.​ बराकोटी हाल १ नम्बर प्रदेशको मेची अस्पतालमा कार्यरत छन् भने डा. मिश्रा हाल मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छिन् । उनी हाल मन्त्रालयकी प्रवक्ता समेत हुन्।

गत माघमा १२ औँ तहका डा. भीमसिंह तिंकरीले उमेर हदका कारण अवकाश पाएपछि हाल उक्त पद खाली थियो।

यही पदको बढुवाका लागि मन्त्रालयले गत ६ चैतमै बढुवाका लागि उम्मेदवारी दिन सूचना निकालेको थियो।

उम्मेदवारी परेकामध्ये डा.​ बराकोटी‚ डा. मिश्रा र डा. विकास देवकोटा छनोट सूचीमा परेका थिए। यी तीनमध्ये डा.​ बराकोटी र डा. मिश्रा बढुवाको लागि सिफारिस भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.