|

काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैछन्। 

आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए। यो पार्टी पाँच दल मिलेर बनेको र यसमा ६८ सदस्यीय केन्द्रीय कमिटी रहने छ। 

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रिय सभाका सांसद रहेका गौतम कम्युनिष्ट दलहरूलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रियामा छन्। 

वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ भने सचिवमा डिबी कार्की रहनेछन्।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरूको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.