|

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा लोकप्रिय भारतीय कमेडियन ब्रह्मानन्द अनुबन्धित भएका छन्।

नीता फिल्मस्‌काे ब्यानरमा बन्ने फिल्मको लागि ब्रह्मानन्दसँग कागजी सम्झौता भएको निर्माण टोलीले जानकारी दिएको हो।

यसअघि फिल्ममा तीन भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि यसअघि नै अनुबन्धित भएका हुन्।

फिल्मकी अभिनेत्री तथा निर्माता नीताले चर्चित भारतीय कलाकारलाई आफ्नो फिल्ममा अनुबन्धित गर्न पाउँदा उत्साहित भएकाे जनाएकी छिन्। फिल्ममा यी कलाकारको भूमिका कस्तो रहन्छ भन्नेबारे भने खुलाइएको छैन।​

हैदराबादमा अवस्थित संसारकै ठूलो स्टुडियो ‘रामोजी फिल्म सिटी’मा खिचिने फिल्ममा अन्य चर्चित कलाकारलाई पनि अनुबन्धित गर्ने तयारीमा निर्माण टोली रहेको छ। साउनदेखि छायांकनमा जाने फिल्ममा छायांकार पनि भारतकै कविरलाललाई अनुबन्धित गरिएको छ।​

फिल्ममा नीतासँगै हरिहर शर्माको मुख्य भूमिका रहनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.