|

काठमाडौं : निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ। मंगलबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा अन्तिम सट लिँदै फिल्मको एन्डक्ल्याप गरिएको हो। 

निर्देशक खनालका अनुसार सामाजिक कथावस्तुमा बनेको फिल्मको छायांकन ३३ दिनमा सकिएको छ। फिल्ममा डेरामा बस्ने र घर हुनेहरूको कथालाई देखाइनेछ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै भएको छ। फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको छ। फिल्ममा लगानी भने शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जनको रहेको छ। ‘ए प्लस इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको फिल्मको छायांकन वैशाख तेस्रो साता शुरु भएको थियो।

'पशुपतिप्रसाद', 'आमा', 'धनपति', 'चपली हाइट' लगायत फिल्म निर्देशन गरिसकेका खनालको ‘चिसो मान्छे’ यतिवेला हलमा प्रदर्शनरत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.