|

काठमाडौं : नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको 'कबड्डी ४' लाई भारतमा पिभिआरले प्रदर्शन गर्ने भएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मलाई भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पिभिआरले प्रदर्शन गर्न लागेको हो। 

फिल्म शुक्रबारदेखि नेपालीभाषी बसोबास गर्ने भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शनमा आउँदैछ। सिक्किममा भने कबड्डीलाई प्रतिबन्ध लगाइएको छ। कबड्डी ४ भारतमा यति धेरै पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म हो। 

फिल्मले नेपालबाट मात्रै २२ करोडभन्दा बढीको आम्दानी गरिसकेको छ। पाँचौँ हप्तामा प्रदर्शन भइरहेको फिल्म करिब ५० लाख कमाएमा नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान पनि आफ्नो नाममा गर्नेछ। अहिले उक्त रेकर्ड 'बाहुबली'को नाममा रहेको छ। 

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.