|

चितवन : जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यो तथ्यांक सार्वजनिक गरेको हो।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक प्रभावित बन्नेछन्। बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ। भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको जानकारी दिए। 

यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ। यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन आग्रह गरे। ‘नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ। जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ’, उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.