लगत्तै देउवाले बाेलाए केद्रीय समिति बैठक

|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ। महामन्त्री गगन थापा पुगेपछि भेला सुरु भएको हो।

भेलामा थापा निकै ढिला पुगेका थिए। पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफूपक्षीय भेला राखेका हुन्। 

बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको छ।

अहिले भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा. रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन्।

कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ। कांग्रेसको १४ औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ। तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन्।

जारी भेलामा संस्थापन र संस्थापन इतर समूहमा ६०/४० को भागबण्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिए।

असन्तुष्ट पक्षले बैठकको आयोजना गरेको थाहा पाएपछि सभापति शेरबहादुर देउवाले आगामी असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.