|

काठमाडौं : बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। ध्रुव बिस्कोको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो। 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र रेनु योगी देखिएका छन्। गीतको भिडियोमा फिल्मको सानो अंश कथा पनि देखिएको छ, जसमा प्रदीप र रेनुको प्रेममा परिवार र समाज अवरोध बनेको देखाइएको छ।

विकास सुवेदीको लेखन तथा दिनेश राउतको निर्देशनमा बनेको फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा प्रदीप र रेनु बाहेक दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा र अमजाद परवेज लगायतले अभिनय गरेका छन्।

फिल्म भदौ १० गते प्रदर्शनमा आउँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.