|

म्याग्दी : जापानको ओसाकामा ३१ वर्षीय म्याग्देली युवकको मृत्यु भएको छ। मंगला गाउँपालिका ४ बरंजाका ३१ वर्षीय अर्जुन रोका मगरको मृत्यु भएको हो।

मगर गत सोमबार ओसाकास्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए। जापान सरकारको कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर बिहीबार उनको अन्त्येष्टि गरिएको छ। 

म्याग्दी प्रवासी नेपाली संघ​ (मोना) क्षेत्रीय कमिटीका सचिव सागर थापा बगालेले विभिन्न नेपाली संघसंस्थाका ३२ प्रतिनिधिको सहभागितामा उनको अन्त्येष्टि गरेको जानकारी दिए। 

म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी एसिया प्यासिफिक संयोजक जापानका दीपक कार्कीका अनुसार कार्की उनी सात वर्षदेखि जापानमा थिए। उनी केही महिनादेखि ओसाकास्थित एक कम्पनिमा कार्यरत थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.