|

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकामा किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेका छन्। गाउँपालिकाको पशुसेवा शाखाको आव ०७८/७९ को वार्षिक कार्यक्रमअनुसार प्रजननका लागि वडा नम्बर ३ र ४ का किसानलाई २२ वटा बोयर बोका वितरण गरिएका हुन्। 

गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले उन्नत जातको बोकाबाट प्रजनन राम्रो हुने र स्थानीय किसानलाई आम्दानीका लागि सहज हुने भएकाले बोयर जातको बोका वितरण गरेको बताए। लोकल बाख्रामा बोयर बोका लगाउँदा राम्रो उत्पादन दिने र यसबाट आफ्नो बाख्रापालन व्यवसाय अझै फाईदामा जाने आफूले विश्वास लिएको बताए।

खानीखोला-४ का वडाअध्यक्ष निशान मोक्तानले स्थानीय प्रजातिका बिरबोकाबाट प्रजनन राम्रो नहुने भएकाले उन्नत जातको बोका वितरण गरिएको बताए। गाउँपालिकाको पशु शाखाले वडा नं. ३ मा १२ वटा र वडा नं. ४ मा १० वटा गरी २२ वटा बोका वडा नं. ३ र ४ का विभिन्न अगुवा बाख्रा किसान तथा आमा समूहमा आबद्ध किसानलाई उन्नत जातको बाख्रा उत्पादनमा जोड दिँदै वितरण गरिएको जनाइएको छ।

खानीखोला–३ का वडा अध्यक्ष सागर जिम्बाका अनुसार बाख्रापालन प्रवर्द्धन गर्न बोयर बोका वितरण गरिएको हो। फूलडाँडा बाख्रा पालन समूहको आयोजनामा  बोयर बोका गाउँपालिका र बाख्रा पाल्ने किसान समूह तथा आमा समूहले ५०/५० प्रतिशत आर्थिक भार बेहोरी १५ लाख बराबरको बोका वितरण गरिएको हो। 

खानीखोला–४ मा ज्ञान ज्योति समूह (ट्याग नं. ४०००), फूलडाँडा बाख्रा पालन समूह (ट्याग नं. ३११३), प्रगतिशील आमा  समूह (ट्याग नं. ३६०२०), गायाबारी आमा समूह (ट्याग नं. ४३७१७), बाँसघारी आमा समूह (ट्याग नं. ३२६८), सयपत्री आमा समूह (ट्याग नं. २९७९), हिरा आमा समूह (ट्याग नं. ३६०२), परिर्वतनशील समाज समूह (ट्याग नं. ३५१६), जगथली आमा समूह (ट्याग नं. ३२८४), सिरुटार आमा समूह (ट्याग नं. ७०५)लाई १/१ वटा बोयार बोका वितरण गरिएको छ।

काभ्रेको विकट तथा पहाडी क्षेत्रमा बाख्रापालन व्यवसाय धेरै नै गरे पनि उन्नत जात र ज्ञानको अभावमा उल्लेख्य फाइदा भइरहेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.