काठमाडौं : देशभर पछिल्लो समय २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा थप ५० जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जना कोरोनामुक्त भएका छन्। यो समयमा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
हाल देशभर २ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ११ हजार ९ सय ५२ जनाको संक्रमणबाट मृत्यु भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।