|

दाङ : घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्षमा २१८ मुद्दा फर्स्यौट गरेको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १०५ र चालू आर्थिक वर्षका हालसम्म १३४ गरी न्यायिक समितिमा २३९ वटा मुद्दा परेका थिए।

यस्तै चालू आर्थिक वर्षमा दर्ता भएका १३४ वटा मुद्दा दर्ता मुद्दामध्ये ११३ वटा मुद्दा फर्स्यौट भएको न्यायिक समितिका संयोजक तथा उपमेयर हुँमा कुमार डिसीले बताइन्। समितिमा परेका मुद्दामध्ये २१ वटा फर्स्यौट हुन बाँकी रहेको उनको भनाइ छ। चालू आर्थिक वर्षमा लेनदेनका १३ वटा मुद्दा दर्ता भएकोमा १३ वटै फर्स्यौट भएका छन्।

त्यस्तै जग्गा विवादसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएकोमा ३३ वटा फर्स्यौट भएका छन् भने १० वटा मुद्दा किनारा लाग्न बाँकी रहेका छन्। घरभाडा सम्बन्धी १ वटा मुद्दा परेकोमा जुन बाँकी रहेको छ। अन्य शीर्षकमा २३ वटा मुद्दा परेकोमा १७ वटा फर्स्यौट भएको र ६ वटा बाँकी रहेको उनले बताइन्।

वातावरण सम्बन्धी २ वटा मुद्दा परेकोमा १ वटा फर्स्यौट भएको छ भने १ फर्स्यौट हुन बाँकी छ। घरेलु हिस्सा सम्बन्धी ११ वटा मुद्दा परेकोमा ९ वटा फर्स्यौट भएको र २ वटा बाँकी छन्। जग्गा रोक्का सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा फर्स्यौट भएको र १ वटा बाँकी रहेको छ। 

माना चामल सम्बन्धी ३ वटा मुद्दा परेकोमा ३ वटै फर्स्यौट भइसकेको न्यायिक समितिका संयोजक डिसीले बताइन्। न्यायिक समितिमा हालसम्म २३९ वटा मुद्दा दर्ता भएकोमा २१८ वटा मुद्दा फर्स्यौट भइसकेको र २१ वटा मुद्दा बाँकी रहेको उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.