|

काठमाडौं: स्वतन्त्र उम्मेदवारी अभियानले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेका लागि मापदण्ड तय गरेको छ।

शनिबार ललितपुरको एक होटलमा भएको स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरुको राष्ट्रिय भेलाले ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड तयार गरिएको छ। 

स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुद्वारा जारी अवधारणापत्रमा उम्मेदवार बनेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने लगायतका १३ बुँदे मापदण्ड तय गरिएको छ। 

स्थानीय तहको दोस्रो निर्वाचनमा ८ हजार ७१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने ३ सय ८७ जना निर्वाचित भएका छन् ।

यसैगरी उम्मेदवारी अभियानले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको गठबन्धन बनाउने प्रस्ताव गरेको छ। अभियानका संयोजक साहुले आगामी ५ वर्षका लागि खुला तर संगठित दबाब समूहका रुपमा एउटा गठबन्धन मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.