काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन्।
सैनिक मुख्यालयका अनुसार अमेरिका भ्रमणका रहँदा प्रधानसेनासित शर्माले त्यहाँका शैनिक उच्च अधिकारीसँग भेटवार्ता गरे। उनले हिजो न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका थिए।
उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए।
यसअघि उनी लेबनान र सिरियाको भ्रमण गरेका थिए। रक्षासचिव किरणराज शर्मासहितको सात सदस्यीय टोली गत असार ४ गते लेबनान प्रस्थान गरेको थियो। त्यहाँबाट सिरिया भ्रमणमा पुगेका शर्मा असार १३ गते सिरियाबाट अमेरिका पुगेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।