|

काठमाडौं : युक्रेनको रणनीतिक क्षेत्रका रुपमा रहेको लुहान्स्क प्रान्तमा रुसी सैनिकसँग भीषण युद्ध भइरहेको छ। 

लुहान्स्कको लिसिचान्स्क सहर कब्जामा लिन दुवै देशका सैनिकबीच भिषण युद्ध चलिहरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। रुसी सेना लिसिचान्स्क सहरको भित्रि भागमा प्रवेश गरिसकेको जनाइएको छ। 

रुस समर्थक लुहान्स्क पिपुल्स मिलिसियाका एक अधिकारी आन्द्रेई मारोचकले आफ्ना लडाकुहरुले घरेलु हतियारसहित सरकारी कार्यालयहरु कब्जा गरेको दाबी गरेका छन्। तर युक्रेनी सैनिकले भने आफूहरुले सहरलाई घेरा हालेको र रुस तथा रुस समर्थक लडाकूहरु भागिरहेको बताएको छ। 

रुसी सञ्चारमाध्यमहरुले लुहान्स्क मिलिसियाका लडाकुहरु झण्डा फहराउँदै सहर परिक्रमा गरिरहेको फुटेज सार्वजनिक गरेका छन्। यसअघि युक्रेनको ओडेसाका आवसीय भवनहरुमा रुसी सेनाले मिसाइल आक्रमण गर्दा कयौँ मानिसको हताहति भएको थियो। 

पछिल्लो पटक लुहान्स्कसँगै खारकिभमा पनि रुसी सेनाले आक्रमण तीव्र पारेको छ। रुसी सेनाले रुसी समर्थकहरु भएका सहरलाई अहिले मुख्य प्राथमिकतामा राखेर आक्रमण गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.