तत्कालीन नेकपाका सचिवालय सदस्यदेखि बाबुरामसँग छलफल

|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्व-माओवादी  ध्रुवीकरणदेखि समाजवादी केन्द्र स्थापनासम्मको छलफलले प्रवेश पाएको छ। स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन इमान्दार नभएको निष्कर्षसहित माओवादीले वामपन्थी एकताको नयाँ प्रयास थालेको हो। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा वामपन्थी एकताको सम्भावना रहेको बताए। उनको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘नेपालमा वामपन्थी एकताको सम्भावना छ। आज बिहान मात्रै एकताका अनौपचारिक रूपमा तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरूसँग छलफल गरेका छौँ। सम्भव भए फेरि आजै बस्न सक्छौँ।’ फेरि नयाँ ढंगबाट कम्युनिष्ट एकताको लागि अपिल गर्नुपर्ने आवाज उठेको समेत बताए। 

प्रचण्डले वाम एकताको प्रसंग कोट्याउँदै गर्दा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले माओवादीहरू एकजुट हुने वातावरण बनिसकेको दाबी गरे। 

उनले भने, ‘माओवादीहरू एकजुट हुनुको विकल्प छैन। अहिले माओवादी ध्रुवीकरणको माहोल बनिसकेको छ र नेपालको वामपन्थीहरू एकजुटको नेतृत्व पनि यही बैठकले गर्नुपर्नेछ। त्यसबारे हामीले महत्वपूर्ण निर्णय गछौँ।’ 

उनले वामपन्थी एकताको लागि समाजवादी केन्द्रको विषयमा पनि छलफल भएको बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउनुपर्छ भनेर समाजवादी केन्द्र स्थापनको यही चुनावअघि सम्भावना रहेको दाबी गरे। उनले पूर्वप्रधानमन्त्री समेत रहेको जसपा अध्यक्ष बाबुराम भट्टराई माओवादीमै फर्किनुको विकल्प नभएको बताए। 

उनले भने, ‘उहाँ माओवादीको सिनियर नेता हुनुहुन्थ्यो, योभन्दा बाहिर जाँदा उहाँको त्यति राम्रो भइरहेको देख्दैनौँ। उहाँ पार्टीमा फर्किँदा इतिहासको सही मूल्यांकन र कार्यकर्ता तथा जनता खुसी हुन्छन्।

उहाँ पार्टीमा फर्किने सम्भावना पनि छ। त्यसबारे छलफल गरिरहेका छौँ।’ बाबुराम माओवादीमै फर्किए मात्रै आफ्नो एजेण्डा पूरा गर्न सक्ने आधार तय हुने उनले दाबी गरे।  ‘बाहिर गएर उहाँले यो भन्दा केही गर्न सक्ने देखिएको छैन। उहाँले तय गरेको एजेण्डा पनि पुरा माओवादीमा फर्किएपछि मात्रै हुन्छ। त्यसैले उहाँ पार्टीमै फर्किनुहुन्छ भन्नेमा विश्वस्त छौँ’ उनको भनाइ छ। 

त्यसो त माओवादीका अर्का नेता लीलामणि पोखरेलले पनि पूर्व-माओवादीहरूको एकीकरणको प्रक्रिया अघि बढिसक्यो दाबी गरे। 

‘पूर्व माओवादीहरू एकजुट हुन्छौँ। त्यसमा केही छुट्न सक्छन्। विप्लव, बाबुरामजीसँग गएका किरणजी गोपाल किराती गएकाहरू एकीकरण प्रक्रियामा गइसकेका छन्। अहिले माओवादी केन्द्रमै आउँछन्’ उनले भने, ‘कम्युनिष्ट एकताको लागि बाहिर फराकिलो दिशामा पनि सोच बनाएका छौँ। त्यो भनेको समाजवादी केन्द्रको जुन चर्चा छ।’ 

०७४ सालमा एमालेसँग एजेण्डा मिलेकै कारणले एकता गरेको भए पनि नेतृत्व इमान्दार नभएकै कारणले असफल भएको बताए। उनले चुनावअघि नै वामपन्थी ध्रुवीकरण एक चरणमा सम्पन्न हुने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.