|

काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना अर्थात बहुमत सदस्यबीच आज (आइतबार) भेटवार्ता भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज ललितपुरमा भेटवार्ता भएको हो।

भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायत विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थितिबारे पनि उनीहरूबीच कुराकानी भएको छ।

तत्कालीन सचिवालय सदस्य केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल अहिले नेकपा एमालेमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.