काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ।
गएराति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा दोस्रो जित निकालेको हो। नेपालले दिएको २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो।
नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १÷१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो।
क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो। नेपालले अब क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।