|

जनकपुरधाम :  जनता समाजवादी पार्टी (जसपा) ले  स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेको छ। 

महोत्तरी क्षेत्र नंं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई जसपाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको हो। आइतबार बसेको जसपा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। यस्तै उनले विज्ञप्ती जारी गर्दै सांसद यादवसँगै संघीय शिक्षक फोरमका अध्यक्ष कौशल कुमार यादवलाई पनि पार्टीबाट निष्काशन गरिएको जनाएको हो।

सांसद यादव संविधानसभा सदस्य समेत हुन्। उनी २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए। उता सांसद यादवले आफूलाई एकाएक निष्काशन गरेको विषयमा समाजिक सञ्जालबाटै जानकारी भएको बताए।

उनले आफ्नो राजनीतिक यात्रा जारी रहने बताउँदै अगामी यात्राका लागि थुप्रै पार्टीबाट अफर आइरहेको र  यद्यपी के गर्ने विषयमा चाँडै निर्णय लिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.