|

बैतडी : पहिरोले अवरुद्ध दशरथ चन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिक आरुबाटा भन्ने स्थानमा पहिरोका कारण आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको  डोजरले पहिरो पन्छाएपछि सडक  सञ्चालनमा आएको हो।  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले राजमार्ग सोमबार बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए।  

राति ९ बजे एकतर्फी सञ्चालनमा आएको भएपनि पूर्ण रूपमा भने आज बिहान मात्रै खुलेको हो। हाललाई सडक सञ्चालनमा आए पनि पानी परेपछि उक्त स्थानमा पहिरो खस्ने सम्भावना कायमै रहेको जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.