|

म्याग्दी : म्याग्दीमा आज (सोमबार) सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताए। उनले खेलाडीहरूलाई अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गरे।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट्स समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेलकुदले शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताए। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले खेलाडीले देशको प्रतिनिधित्व गर्दै विश्वमा आफ्नो मुलुक चिनाउने भएकाले अनुशासित भएर खेलकौशल प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्रयाकमा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटरमा प्रतिस्पर्धा गराइनेछ।

​प्रतियोगिताको पहिलो दिन मार्सल आर्ट्सको उसु, तेक्वान्दो, करातेका खेल सकिएका छन्। मार्सल आर्ट्स विधाका ३ खेलबाट १८ स्वर्णपदकको टुङ्गो लागिसकेको छ। एथलेटिक्स, कबड्डी र भलिबल जारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.