|

काठमाडौं : पाहुना टोली भारतविरुद्ध इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो इनिङमा दबदबा बनाएको भारतविरुद्ध दोस्रो इनिङमा इंग्ल्यान्डले पुनरागमन गरेको हो।

अन्तिम अर्थात् पाँचौं दिन भारतलाई हराउन अब इंग्ल्यान्डलाई १ सय १९ रन आवश्यक रहेको छ। इंग्ल्यान्डले चौंथो दिनको समाप्तिमा ३ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ।

दोस्रो इनिङमा भारतीय टीम २ सय ४५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले जितका लागि ३ सय ७८ रनको लक्ष्य पाएको थियो। जहाँ इंग्ल्यान्डले शानदार सुरुवात गर्दै पहिलो विकेटका लागि एलेक्स लिस र ज्याक क्रउलीले १०७ रनको साझेदारी गरे। एलेक्स ५६ रनमा आउट हुँदा क्राउली ४६ रनमा पेभिलियन फर्किए। ओली पप ३ बल खेलेर खाता नखोल्दै पेभिलियन फर्किंदा इंग्ल्यान्डले ३ विकेटको क्षतिमा १०९ रन बनाएको थियो।

तर त्यसपछि क्रिजमा आएका जो रुट र जोनी ब्यरस्टोले सानदार प्रदर्शन गर्दै चौंथो विकेटका लागि दिनको खेलको समाप्तिमा १५० रनको सानदार अविजित साझेदारी जारी राख्दा पाहुना टोली भारतको जितको सपनामा ब्रेक लाग्ने संकेत देखिएको हो। भारतका जसप्रित बुमराहले २ विकेट लिएका छन्।

रुट ७६ रनमा अविजित रहँदा ब्यरस्टो ७२ रन बनाएर क्रिजमा अविजित छन्। यदि इंग्ल्यान्डले यो जित निकालेमा आफ्नो दोस्रो इनिङमा भारत विरुद्ध सर्वाधिक रन बनाएर जितको कीर्तिमान इंग्ल्यान्डले बनाउने छ।

यसअघि अस्ट्रेलियाले १९७७ मा भारतविरुद्ध ३३९ रनको लक्ष्य चेज गर्दै जित निकालेको थियो। त्यसयता भारतविरुद्ध त्यति ठुलो लक्ष्य चेज भएको छैन्। इंग्ल्यान्डलाई ४५ वर्षपछि उक्त अवसर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.