|

पर्वत : पोखरालाई सिधै अन्तर्राष्ट्रिय बजारमा जोडेर पर्यटन प्रवर्धनमा सघाउने अपेक्षा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिएको छ। 

गत वर्ष जेठमा निर्माण सम्पन्न नभएपछि विमानस्थलको निर्माण कार्य पूरा गर्न २०७९ असार मसान्तसम्मको समय तोकिएको थियो। विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मी ९८ प्रतिशत काम पूरा भएको बताउँछन्। 

फिनिसिङदेखि डाँडा कटानसम्मको केही काम बाँकी रहेको उनले बताए। विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडा कटान पूरा नभएका कारण परीक्षण उडान अर्थात् ‘क्यालिब्रेसन’ हुन नसकेको उनको भनाइ छ।

डाँडा कटानको काम चलिरहँदा एक जग्गाधनीले अवरोध गरेका कारण अहिले डाँडा कटानको काम नभएको आयोजना प्रमुख मुनकर्मीले बताए। तर कटान अगाडि बढाउन प्रक्रिया पूरा हुन लागेको उनले जानकारी दिए।

 ‘डाँडा कटानको काम सकेपछि परीक्षणका सबै काम हुनेछन्। जनवरी १ मा व्यावसायिक उडान गर्ने लक्ष्य लिइएको छ। अक्टोबरसम्ममा क्यालिब्रेसन फ्लाइट लगायतका परीक्षण गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘नेपालमा नै पहिलो पटक कङ्क्रिटको धावनमार्ग निर्माण गरिएकाले मर्मत सम्भार छिटो–छिटो गर्नु नपर्ने, लामो समयसम्म टिक्ने र धेरै पानी पर्ने ठाउँमा यो प्रविधि उपयोगी हुन्छ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवनबाट जहाजसम्म सिधै जान नेपालमै पहिलो पटक 'बोर्डिङ ब्रिज'को पनि व्यवस्था गरिएको छ।

फोटोमा हेर्नुहोस्, पोखरा विमानस्थल निर्माणको काम–

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.