|
फाइल फोटो

काठमाडाैं : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका हुन्। 

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रूपमा लिन आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए। 

उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए। 

‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ। त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ। यो राम्रो हो, खुशीको कुरा हो। नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ’‚ उनले भने, ‘धनराजजीहरूले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो। एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रूपमा लिनुपर्छ। तपाईंहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ।’

देउवाले सधैँ जनताका लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए। उनले स्व. नेता कोइरालाले दलहरूबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.