|

गुल्मी : गुल्मीमा चटयाङ लागेर १४ वर्षीय किशोरको मृत्यु भएको छ।

जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मंगलबार बिहान करिब ४ बजेतिर चटयाङ लागेर घाइते भएका विष्टको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए।

विष्टको शवलाई अहिले पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको र पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.