|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्। 

केन्द्रीय समिती बैठक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको पूर्वस्थायी कमिटी सदस्य दिनानाथ शर्माले बताए। 

उनले भने, ‘नागरिकता विधेयक लगायतको बिषयमा छलफल गर्न उहाँ बालुवाटार जाँदै हुनुहुन्छ। त्यहाँ प्रसंग उठेको बिषय भएकाले अर्थमन्त्रीको बिषयमा पनि कुरा हुन्छ।’ 

बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्दै चौतर्फि विराेध भइरहेकाे छ।

कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीलाई एक्सन लिन दबाव बढाइरहेका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकपछि उनले भनेका थिए,‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ। कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ  र तत्काल छानबिन गर्नुपर्छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.