महासचिवमा वर्षमान र जनार्दनले अडान नछाड्दा सकसमा प्रचण्ड

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी टुंग्याउने तयारी थालेका छन्। आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकमा पदाधिकारी टुंग्याउन दबाब बढेपछि प्रचण्डले त्यसबारे तयारी थालेका हुन्। 

केन्द्रीय समिति बैठक स्थगित गरेर खुमलटारमा बसेको सचिवालयको विस्तारित बैठकले प्रचण्डलाई पदाधिकारी चयनको जिम्मेवारी दिएको नेता दीनानाथ शर्माले बताए। 

उनका अनुसार अध्यक्ष प्रचण्डले भोलिको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नाम प्रस्ताव गर्नेछन्। प्रचण्डले प्रस्ताव गरेको नामलाई नै सर्वसम्मत पारित हुने उनले दाबी गरे। 

उनले भने, ‘हामी विशेष महाधिवेशनमा जाँदै छौँ। अहिले निर्वाचनका वेला पार्टी पदाधिकारीविहीन राख्न हुँदैन भनेर हामीले उहाँलाई काम गर्न सहज हुने टिम ल्याउनुस् भनेर सुझाव दिएका छौँ। उहाँले त्यही अनुसार भोलिको बैठकमा नाम पेश गर्नुहुन्छ।’

पदाधिकारीमा प्रचण्डले प्रस्ताव गरेको नाममा असहमति जनाएर चुनाव हुने सम्भावना नरहेको उनले बताए। 

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो तर हालसम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। 

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। 

महाधिवेशन सम्पन्न भएको महिनौँ हुँदासमेत पदाधिकारी चयन गर्न नसकेपछि प्रचण्डको चर्को आलोचना भइरहेको छ। पार्टी पदाधिकारी चयनमा प्रचण्डलाई महासचिव छान्न मुस्किल परेको छ। महासचिवमा नेताद्वय वर्षमान पुन र जनार्दन शर्माले अडान नछाड्दा प्रचण्ड सकसमा छन्। 

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.