|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिका भत्ता र सेवासुविधा कटौती गर्न माग गरेका छन्।

मंगलबार नगर कार्यपालिकाको पाँचौं बैठक बोल्दै वडाध्यक्ष रिजालले जागिर खान नआएकाले सेवा सुविधा र भत्ता कटौतीको माग गरेका हुन्।

‘हामी जनतालाई सेवा गर्न आएका हौं, जागिर खान आएको होइन’, उनले भने, ‘जनप्रतिनिधिले पाउने भत्ता र सेवा सुविधा खोसियोस् र विकासमा लगाइयोस्।’

जनप्रतिनिधिको भत्तामा मात्रै मासिक ५५ देखि ६० लाख रुपैयाँ खर्च हुने भन्दै उनले यस्तो रकम ५ वर्षामा ३० करोड पुग्ने बताए। उनले भत्तासँगै गाडी–घोडा, मोबाइललगायतका सुविधा पनि कटौती गर्न र यसमा सहमति जनाउन कार्यपालिका सदस्यहरुलाई आग्रह गरे। 

‘बरु लोकसेवा लडेर आएका कर्मचारीलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गरौं’, उनले भने, हामी त खुशीका साथ सबै चिज दिन र महानगर बनाउन आएका हौं।’  वडाध्यक्ष रिजालले पोशाक, लोगो, जुत्ता पनि सरकारको पैसाबाट नकिन्न माग गरे। 

‘हामीलाई लोगो, पोशाक, जुत्तासँग कुनै सम्बन्ध छैन। महानगरका गौरवका लागि ड्रेस, लोगो तोक्ने भए पनि महानगरले हामीलाई दिन पर्दैन’, यस्तो पोशाक हो भने हुन्छ । लोगोको पनि डिजाइन दिए हुन्छ। हामी जनताको सेवा गर्न आएका हौं किनेर लगाउन सक्छौं तोक्दिनुस् तर महानगरले किनेर दिनुपर्दैन।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.