|

हेटौँडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।

असार १६ गते बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए।

आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.